काठमाडौँ / एन आई सी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ ।
बैंकले उक्त योजनाअनुसार काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको हो ।
आइतबार एक कार्यक्रमकाबीच बैंकसहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बीमक पन्तलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
पन्तले खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरूले बीमा वापत रू. ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।








