‘केही समयपछि बजारमा तरलता सहज हुन्छ’ : डा.गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)


  • KBL News Ad
  • ADBL
  • City Express
‘केही समयपछि बजारमा तरलता सहज हुन्छ’ : डा.गुणाकर भट्ट (प्रवक्ता, राष्ट्र बैंक)

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याजदर बढाउनका लागि निर्देशन नदिएको बताएका हुन् । उनले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकुल बैंकहरुले ब्याजदर निर्धारण गर्ने गरेको बताए। राष्ट्र बैंकले बैंकहरुलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ।

उनले बैंकहरुमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताउनु भयो । बैंकहरुले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याजदर घट्ने गरेको उनले बताए।

प्रवक्ता डा. भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए। उनले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायीत्वमा जोड दिएको बताए। प्रवक्ता डा.भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको जानकारी दिए । चालु आर्थिक वर्षको शुरुवातदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको उनको भनाइ थियो।

Read More
  • EBL Ad news