नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र जोगाउन वस्तु आयात निरुत्साहित गर्न बाध्य हुनुपरेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
अधिकारीले विदेशी विनिमय संचिती घट्दै जाँदा आयात निरुत्साहित गर्नु परेको पनि जानकारी दिए। गभर्नर अधिकारीले आयात निरुत्साहित गर्दा भन्सार राजस्वमा प्रभाव पर्ने जोखिम मोलेर भएपनि आयातमा कडाइ गरिएको प्रष्ट पारे।
कार्यक्रममा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्बले घटाएको बताए।