बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९७ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
आज माग २७ गते बिहिबार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमिला शाक्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।








