बीमा कम्पनीको सिइओको तलब भत्ता तथा सुविधा नघट्ने, यस्तो व्यवस्था थप गर्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनीको सिइओको तलब भत्ता तथा सुविधा नघट्ने, यस्तो व्यवस्था थप गर्यो

बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा सेवा सुविधाहरु नघट्ने भएको छ । बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

 

बीमा कम्पनीका सिइओले निश्चत बार्षिक तलब तथा भत्ताहरु, कार्यसम्पदनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य सुविधाहरु प्राप्त गर्न सकिने व्यवस्था छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको सिइओले विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म तलब भत्ता पाउन सकिन्छ ।

यस्तै जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको हकमा बीमकको विगतको तीन वर्षको आर्थिक वर्षहरुको अन्यको औसत कुल सम्पत्तिकाे क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म सिइओलाई तलब भत्ता तथा सुविधा दिन सकिने मापदण्ड रहेको छ ।

उक्त मापदण्डहरुको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउछ सोही अनुरुपको निश्चित तलब भत्ता प्रदान गरिने मार्गदर्शनमा उल्लेख छ ।

Read More
  • MBL - below news