मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, ‘नो भोट’ को डरले पनि अर्थमन्त्री शर्माले ४÷१२ नीति परिवर्तन गर्न दवाव दिन सक्ने


  • KBL News Ad
  • ADBL
  • City Express
मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, ‘नो भोट’ को डरले पनि अर्थमन्त्री शर्माले ४÷१२ नीति परिवर्तन गर्न दवाव दिन सक्ने

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले यसअघि ल्याएको ४÷१२ नीति के गर्ने हो त्यो भने अझै अन्यौलमा छ ।

४÷१२ नीतिले रुष्ट बनेका शेयर लगानीकर्तालाई खुशी पार्ने गरी संशोधन गर्ने वा त्यो नीतिमा अडिग नै हुने हो भन्ने बारेमा केन्द्रीय बैंकमा छलफल प्रारम्भ भएको छ ।

गत वर्ष राष्ट्र बैंकले फागुन २ गते मौद्रिक नीतिको अर्ध  वार्षिक समीक्षा गरेको थियो । अहिले त्यही मितिमा वा त्यो भन्दा पहिले नै पहिलो अर्ध  वार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ । मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा जुटन थालिएको केन्द्रीय बैंकका एक उच्च कर्मचारीले बताए ।

 

 राष्ट्र बैंक अर्ध वार्षिक समीक्षामा दुई बटा बिषय केन्द्रीय हुने सम्भावना देखिएको छ । राष्ट्र बैंकले पहिलो उच्च प्राथमिकतामा परेको ४÷१२ नीति र दोस्रो लगानीयोग्य पुँजी (तरलता)को अभावलाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा बढी ध्यान दिने छ ।

तरलताको अभाव देखाउँदै बैंकहरुले निक्षेपको ब्याज ११ प्रतिशतसम्म पुर्याएपछि त्यसलाई हस्तक्षेप गर्दै १०.०५ प्रतिशत भन्दा बढी नहुने गरी निक्षेपको ब्याजदर तोक्न बैंकहरुलाई निर्देशन दिएको थियो । त्यही अनुसार बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका थिए ।

अहिले पनि तरलताको अभाव छ । सरकारी खर्च उच्च दरमा हुन नसकेका कारण केन्द्रीय बैंकमा रहेका सरकारी खातामा रकमको थुप्रो लागेको छ । अहिले पनि केन्द्रीय बैंकको सरकारी खातामा करिब ३ खर्ब रुपैयाँ थुप्रिएर बसेको छ ।

Read More
  • EBL Ad news