हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अझै खुल्ने छाँट देखिएन्, राष्ट्र बैंक भन्छ, ‘कहिले खुल्छ भन्न सकिदैन्’


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अझै खुल्ने छाँट देखिएन्, राष्ट्र बैंक भन्छ, ‘कहिले खुल्छ भन्न सकिदैन्’

करिव साढे ८ महिनादेखि रोकिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार अझै हुने सम्भावना देखिएको छैन् । गत बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकको शेयर कारोबार त्यसपछि रोकिएको थियो ।

मर्जरमा जाने प्रस्ताव हिमालयन बैंकको साधारणसभा पास नगरेपछि मर्जर प्रक्रिया रोकिन पुगेको थियो । हिमालयन बैंकपछि इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारित गर्न बोलाएको वार्षिक साधारणसभा स्थगित गरेको थियो ।

मर्जर प्रक्रिया भाँडिएपछि शेयर कारोबार कहिलेदेखि कारोबार गर्न पाइएला भनेर लगानीकर्ता प्रतिक्षा गरिरहेका छन् । तर, यता बैंकहरुको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले पनि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको कारोबार कहिलेदेखि खुल्ने हो त्यो भने निश्चित नभएको बताउँदै आएको छ ।

 

‘खै बैंकहरु (हिमालयलन र इन्भेष्टमेन्ट बैंक)बाट हामीलाई केही जानकारी आएको छैन्,’ राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘बैंकहरुबाट जानकारी आएपछि मात्र कहिलेदेखि शेयर कारोबार खुल्ला हुने हो त्यतिबेलामा मात्र थाहा हुन्छ ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता गरिसकेपछि शेयर बजार मापक नेप्से ३२ सय अंक नजिकको उचाइमा पुगेर पुनः २२ सय ८२ अंकमा ओर्लिन पुगेको थियो ।

गत भदौं २ गते नेप्सेले नयाँ उचाइ चुमेको थियो । त्यसदिन नेप्से ३१९८ अंक पुगेको थियो । त्यसबेला लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर उलेख्य नाफा हात पारेका थिए । तर, कारोबार रोक्का भएका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर भएका लगानीकर्ताले भने नेप्से नयाँ उचाइमा पुगेको बेला शेयर बिक्री गर्न सक्ने अवस्थामा थिएनन् ।

नेप्से उच्च अंकमा पुगेको समयमा लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर नाफा हात पार्न सफल पनि भए । तर, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरुले कारोबार रोकिएका कारण त्यतिबेला शेयर बिक्री गर्न पाएनन् ।

अहिले नेप्से २८९१ अंकमा पुगेको छ । यतिबेला पनि ती दुई बैंकको शेयर ‘होल्ड’ गर्नेले भने बिक्री गर्न पाएका छैनन् । अझै कति लामोसमय लगानीकर्ताले प्रतिक्षा गर्नु पर्ने हो त्यो भने अझै अनिश्चित बनेको छ 

Read More
  • MBL - below news
  • EBL Ad news