काठमाडौं । माघ ५ गतेदखि लिलामीमा आएको स्वाबलम्बन लघुवित्त वित्तीय सस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने माघ १८ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
शेयरको अंकित मूल्य न्यूनतम रू. ६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भनेअधिकतम शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।









