काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले ३,००,००० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौमा बुधबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरेको छ ।
बागलुङ नगरपालिका-२, को निष्कासन गर्नुपर्नेे ३,००,००० कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरुमार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।








