काठमाडौं । हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ ।
बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा गर्दा असन्तुष्ट व्यवस्थापन तहमा समेत स्पष्ट देखिने गैरजिम्मेवारीपूर्ण कार्यसम्पादन आदिले यसपालिको विवरणले सबै सामु प्रष्ट चित्र देखाईसकेको छ । विगत २०७६÷७७ मा पनि विभिन्न कम्पनीको शेयर बेचेर फईदा देखाउने काम भएको थियो तर प्रश्न भने यसपालि चाहिँ के बेचेर फाईदा देखाउने होला भन्ने नै रहेको छ ?








