एन आई सी एशिया क्यापिटलले कोरोना खोप लगाईसकेका नेपाली नागरिकहरुका लागि निःशुल्क लगानी व्यवस्थापन सेवा दिने भएको छ । क्यापिटलले कोभिड खोपको दुवै डोज लगाईसकेका नेपाली नागरिकहरुलाई २०७८ साल माघ ७ गतेदेखि २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रुपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको हो ।
खोप लगाई यस अघि नै स्वास्थ्य सतर्कता अपनाएका तथा खोप लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ यो योजना संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार यस योजना अन्तर्गत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापन सेवा लिदा पहिलो वर्ष निःशुल्क रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निणर्य लिने क्यापिटलले जनाएको छ।







