पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी एनआईसी एसियाले कमायो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी एनआईसी एसियाले कमायो

चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले आर्जन गरेका कुल नाफा भन्दा १९.८७ प्रतिशतले बढी हो । 

गत कात्तिक मसान्तसम्म चार महिनामा बैंकहरुले २३ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुले नाफा थप बढाएका हुन् ।  बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक बनेको छ ।  बैंकले चालु आर्थिक वर्षको पाँच महिनामा २ अर्ब ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news