काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि ‘वर्क फ्रम होम’ कार्यविधि लागु गरेको छ । बैंकले आन्तरिक रुपमा सर्कुलर गर्दै कर्मचारीलाई आवश्यकता अनुसार घरबाटै काम गर्नसक्ने व्यवस्था मिलाएको हो ।
कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै अहिलेृ राष्ट्र बैंकमा दर्जनौं कर्मचारीमा संक्रमण पुष्टि भएको छ । यस्तो अवस्थामा राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै कामहरु घरमै बसेर गर्न भनेको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यो कार्यविधि आइतबारदेखि नै लागु गरिएको बताए ।
अब राष्ट्र बैंक अन्तर्गत प्रत्येक विभागका कर्मचारीले विभागीय प्रमुखले तोक अनुसार घरमा बसेर वा अफिसमै आएर काम गर्न सक्नेछन् । विभागीय प्रमुखको रोहबरमा घरमै बसेर काम गर्दा पनि अफिसमै आएर काम गरेसरह हाजिरी भएको मानिने व्यवस्था गरिएको छ ।