मञ्जुश्री फाईनान्सको साधारण सभा सम्पन्न, ४६ % लाभांश पारित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मञ्जुश्री फाईनान्सको साधारण सभा सम्पन्न, ४६ % लाभांश पारित

पुस २९, काठमाडौं ।  मञ्जुश्री फाईनान्सले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने / गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news