बैंकको अफर बुझे फाइदै फाइदा, एनआइसी एसियाको योजनाले जीवनमा राहत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकको अफर बुझे फाइदै फाइदा, एनआइसी एसियाको योजनाले जीवनमा राहत

काठमाडौं: नवलपरासीकी मीना अर्यालले एक वर्षअघि श्रीमान गुमाइन्। ४२ वर्षीय उनको श्रीमानको दुर्घटनामा निधन भयो। श्रीमानको बैंक खाता एनआइसी एसियामा भएकाले उनले १० लाख रुपैँया बिमा सुविधाबापत पाइन्। दुई छोरा-छोरीकी आमा अर्याल उक्त रकमले जीवनयापन गर्न धेरै राहत मिलेको बताउँछिन्।

‘श्रीमान गुमाउनुको पीडा आफ्नो ठाउँमा छ। तर मजस्तो सामान्य परिवार, त्यसमाथि आर्थिक अवस्था कमजोर भएको मान्छेलाई दस लाख राहत ठूलो कुरा हो,' उनी भन्छिन्। उनले बिमाबापत पाएको दस लाख १० करोड बराबर भएको बताइन्। 'बालबच्चाहरु साना छन्। उनीहरुलाई पढाउन ठूलो राहत मिलेको छ,’ उनले आभार प्रकट गरिन्।

Read More
  • MBL - below news
  • EBL Ad news