हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।
महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।








