काठमाडौँ — कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ । जसअनुसार सेवाग्राहीको भीडभाड नहुनेगरी भौतिक दूरी कायम रहने व्यवस्था मिलाई सेवा दिन निर्देशन दिइएको छ ।
त्यस्तै सबै एटीएम बुथहरुको ढोका खुलै राख्न र सेनिटाइजरको व्यवस्था गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई भनेको छ । यसअघि पनि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको थियो । तर संक्रमण दर घट्दै जाँदा कतिपय एटीएम बुथहरुमा सेनिटाइजर नहुने तथा बैंकहरुमा सुरक्षा मापदण्ड पनि बेवास्ता हुँदै आएको थियो ।