भैरहवा-कृषि विकास वैंक लुम्बिनी प्रदेश कार्यालय अन्तरगतका ६ जिल्लामा कुल कर्जा लगानीको रकम १७ अर्ब मध्ये ४४ प्रतिशत कृषि क्षेत्रमा लगानी भएको छ । पछिल्लो समय बैंकको कर्जा अन्य क्षेत्रमा भन्दा कृषिमा बढी भएको बैंकले जनाएको छ ।
रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला हेर्दै आएको बैंकको प्रदेश कार्यालयले कुल लगानीको ४४ प्रतिशत अर्थात ७ अर्ब ४८ करोड रुपैयाँ कृषिमा लगानी रहेको प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले बताए । “हामी अन्तरगतका ६ जिल्लामा तुलनात्मक रुपमा लगानी भएको सबै भन्दा ठूलो क्षेत्र कृषि हो” श्रीवास्तवले भने ।
कार्यालयका अनुसार कृषि पछि उद्योग तथा अन्य सेवा व्यवसायमा २८ प्रतिशत, थोक व्यवसाय कर्जामा २२, उत्पादनमुलकमा ५ तथा माछामा १ प्रतिशत लगानी रहेको छ । ६ जिल्लामा बैंकका २६ शाखा कार्यालयबाट बैंकिङ कारोबार हुने गर्दछ । ६ जिल्लामा बैंककम कुल बचतकर्ता १ लाख ४५ हजार १ सय ३१ तथा कर्जाग्राही १८ हजार १ सय ९१ रहेका छन् ।
रुपन्देहीमा बढी सेवाग्राही ...








