कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज पुस २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले माघ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 
                                    





