काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ बिहीबार (पुस २२ गते) परिपक्क भएको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलले २०७१ सालदेखि यो फन्ड सञ्चालन गरिरहेको थियो । परिपक्क भएकाले अब नेप्सेमा पनि यसको सूचीकरण खारेज हुनेछ ।
यसको कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक हो । एनआइबीएल एसले ७ वर्ष अगाडि एनआइबीएल म्युचुअल फन्ड अन्तर्गत समृद्धि फन्ड–१ को १० करोड इकाई निष्कासन गरेको थियो । त्यसबेला प्रतिइकाई १० रुपैयाँ दरमा इकाई बिक्री गरिएको थियो । दोस्रो बजारमा यसको भाउ अधिकतम प्रतिइकाई १७ रुपैयाँ ७१ पैसासम्म पुगेको थियो ।









