एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' नामक सामुहिक लगानी कोष योजना पुस २३ गते परिपक्क हुने भएको छ । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२ गते हुने छ ।
फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर २०७८ पुस २२ मा परिपक्क हुन लागेको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ ।








