काठमाडौं : युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तबीच मर्जर प्रक्रिया सम्पन्न भएको छ । अब पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने कम्पनीले जानकारी गराएको छ । उक्त दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने पनि कम्पनीले जानकारी गराएको छ ।
घोडीघोडाको असोज १६ गते र युनिक नेपालको असोज ८ गते बसेको विषेश साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको हो ।