एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो।
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले डिम्याट खाता खोल्ने खातावालाहरु मध्येबाट गोलाप्रथा विधिबाट छनौट गरि विभिन्न उपहार प्रदान गर्ने जनाएको छ। क्यापिटलले हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको १०० इकाई, ५ जनालाई आजीवन डिम्याट शुल्क छुट, ५ जनालाई निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने कुपन, र ५० जनालाई एनआइसी एसियाको न्युजलेटर प्रदान गरिने क्यापिटलले जनाएको छ ।







