प्रभु बैंकको वार्षिक साधारण सभा आज बस्दैछ। लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बस्ने भएकाे हाे।
सभामा गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।









