सप्तकोशी डेभलपमेन्ट बैंकका थप दुई कर्मचारी पक्राउ


  • KBL News Ad
  • ADBL
  • City Express
सप्तकोशी डेभलपमेन्ट बैंकका थप दुई कर्मचारी पक्राउ

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीर जीएसडी शाखा प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेको प्रहरीले लेखा/वित्त प्रमुख र अपरेशन प्रमुखलाई पनि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार लेखा/वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पक्राउ परेका हुन् । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिनाबारे अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या चार पुगेको श्रेष्ठले बताए ।

प्रहरीले सीईओ सुवेदी र कर्मचारीहरु भण्डारी र थापा मगरलाई बुधबार पक्राउ गरेको हो ।

Read More
  • EBL Ad news