भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ।
फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको यस योजनाम हालसम्म ३० जना विजेतालाई आइफोन–१३ हस्तान्तरण गरिएको छ।
विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे। यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्। यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो।