मञ्जुश्री फाईनान्ससहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मञ्जुश्री फाईनान्ससहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

पुस १३, काठमाडौं । पाँच ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस १४ गतेसम्म रहेको छ ।

 मञ्जुश्री फाईनान्स, चिलिमे जलविद्युत् कम्पनी,समिट लघुवित्त वित्तीय संस्था,इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडकोे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको हो । 

मञ्जुश्री फाईनान्सले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news