सप्तकोशी बैंकमा १५ करोड ७० लाख हिनामिना: हराएको पैसा सिइओका आफन्तको बैंक खातामा


  • KBL News Ad
  • ADBL
  • City Express
सप्तकोशी बैंकमा १५ करोड ७० लाख हिनामिना: हराएको पैसा सिइओका आफन्तको बैंक खातामा

सप्तकोशी डेभलपमेन्ट बैंकमा  हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको खुलेको छ ।

यसले बैंककै उच्च अधिकारीहरूकै संलग्नतामा रकम हिनामिना भएको रहस्य खुलेको हो। 

सप्तकोशी बैंककै कर्मचारी वृत्तबाट नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा यो कुरा उल्लेख छ। बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो। त्यसपछि यो घटना सार्वजनिक भएको हो। 

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो। यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरू शंकाको घेरामा परेका छन्। 

Read More
  • EBL Ad news