सिद्धार्थ बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम

सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि सहभागिता रहेको थियो ।

पौष ८ गतेदेखि पौष १२ गतेसम्म सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ८५८ जनाको सहभागिता रहेको थियो जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए । अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर हालको कोभिड १९ महामारीले गर्दा नेपाल मात्र होइन, विश्वभर नै अभाव भएको हुनाले यस अभावलाई केही हद सम्म भए पनि कम गर्न र रगत ट्रान्सफ्युजनको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्य बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news