बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंककी प्रबन्धक कविता बर्ताैलाले बैंकका कर्मचारीहरुको लगनशिलता सेवाग्राहीमा बढीभन्दा बढी सेवा तथा सहयोग र सुविधा पु¥याउन सकियोस् भन्ने हुनुपर्नेमा जोड दिएकी छन् । सो बैंकको सितापाइला शाखाद्वारा शुक्रबार सितापाइलामा आयोजित डिजिटल बैंकिङसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक बर्ताैलाले सो विषयमा जोड दिएकी हुन् ।

सेवाग्राहीमा अधिकतम सेवा प्रदान गर्न ग्लोबल आईएमई बैंक परिलक्षित रहेको बताउँदै उनले आफूहरुले विभिन्न विधिमार्फत् जनतालाई सेवा प्रदान गरिरहेको धारणा पनि राखेकी छन् । प्रबन्धक बर्ताैलाले ग्लोबल आईएमई बैंैकले प्रदान गर्दै आएको सुविधालाई अधिकतम उपयाग गर्दै सहज ढंगले बैंकिङ कारोबार गर्न पनि आग्रह गरिन् ।

Read More
  • MBL