हिमालयन बैंकको पुस ३० गते एजीएम, २६% लाभांश र मर्जर सम्बन्धी एजेन्डा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकको पुस ३० गते एजीएम, २६% लाभांश र मर्जर सम्बन्धी एजेन्डा

काठमाडौं : हिमालयन बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट कुल २६% लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बैंकले सेयरधनीलाई २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश दिन लागेको हो । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव रहेको छ । 

 

यता, सम्पति तथा दायित्व मूल्याङ्कनका आधारमा कायम १ः१ सेयर स्वाप रेसियोलाई परित गर्ने प्रस्ताव रहेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ राखी एकीकृत कारोबार गर्न स्वीकृति दिने एजेन्डा पनि छ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news