मेगा बैंकको मोबाइल एपमा नयाँ सुविधा थपिए


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंकको मोबाइल एपमा नयाँ सुविधा थपिए

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाइ मध्यनजर गर्दै ओम्नी च्यानल प्रणाली (Omni Channel System) मा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब URL https://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।

डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न÷पठाउन मोवाइल क्यास (mcash), रकम जम्मा गर्न मोवाइल भौचर (mVoucher) लगायतका सुबिधा समेत थप गरेको छ । साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको जनाएको छ । 

Read More
  • MBL