काठमाडौं : छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार पुस ६ गते अन्तिम दिन हो । सभा प्रयोजनका लागि छिमेकले पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । यसले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । २० औं वार्षिक साधारण सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजन सहित ३% नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।








