नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना प्रचलनमा ल्याएको छ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बिमालेख सुरु गरेकी हुन्। बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रूपमा उपलब्ध हुने यस बिमालेखबाट बिमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।







