काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरूलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरू सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरू रहेका छन् ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्टे«लियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।