काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंकले १५०% हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस बैंकले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो । यस हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ । ...

 
                                    





