ग्लोबल आईएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण भित्र्याउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ग्लोबल आईएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण भित्र्याउने

मंसिर २९, काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था, सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) भित्र्याउने भएको छ । 

कम्पनीले ऋणस्वरुप सो रकम ल्याउने र प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गर्ने सम्बन्धी सम्झौता बुधवार भएको छ । एक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रेजेन्टेटिभ रवि रायमाझीले सम्झौता आदानप्रदान गरे । 

मुलुकमा तरलता संकटको अवस्था निम्तिएका बेला सीडीसीबाट प्राप्त ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै सरकारको तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका लागि स्रोत जुट्ने कम्पनीको भनाइ छ ।

जलविद्युत्, नविकरणीय ऊर्जा, पूर्वाधार निर्माण, उत्पादन, कृषि र पर्यटन प्राथमिकता प्राप्त क्षेत्रभित्र पर्दछन् । कम्पनीले  उक्त ऋण लगानीले महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा मद्दत पुग्ने बताएको छ ।

Read More
  • MBL