काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरूलाई सहयोग गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा बैंकले मंसिर महिनामा मात्र बैंकले मुक्तिनाथ मन्दिर परिसर र बालबालिकाहरूको क्षमता विकासका लागि सहयोग गरेको हो ।
बैंकले गो.न.पा-०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।
यसैगरी आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरूमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई, सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरूलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले ४० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।









