हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले सोध्यो–‘म्याद थप्दै मात्रै जाने हाे ४५ दिन भित्र मर्जर प्रक्रिया सकाउने ?’


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले सोध्यो–‘म्याद थप्दै मात्रै जाने हाे ४५ दिन भित्र मर्जर प्रक्रिया सकाउने ?’

नेपाल राष्ट्र बैंकले मर्जरको प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इभेष्टमेन्ट बैंकलाई मर्जरमा जान्छाैं भन्दै म्याद मात्र थपिरहने हो कि वास्तवमै ४५ दिन भित्र मर्जर गरिसक्ने हाे ? भन्ने प्रश्न सोधेको छ । ती दुई बैंकले मर्जरमा जानका लागि ४५ दिन थप्न आग्रह गरेपछि राष्ट्र बैंकले उनीहरुलाई मर्जरको नाममा वर्षौ झुलाउने मात्र हो कि वास्तवमा ४५ दिन भित्र मर्जर प्रक्रिया टुंगाउने हो भनेर प्रश्न सोधेको हो ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने गरिसम्झौता भएको ७ महिना हुन लाग्दा समेत मर्जरमा जाने कुनै तयारी नदेखेपछि केन्द्रीय बैंकले उनीहरुलाई यस्तो प्रश्न सोध्न वाध्य भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘उहाँहरुले पहिला दिएको म्यादको समय सकिएको दिन नै औपचारिक रुपमा पत्रमार्फत ४५ दिनको समय थप्न आग्रह गर्नु भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उनीहरुले मागेको समय भित्र पनि मर्जर हुन सक्ने अवस्था नदेखिएपछि राष्ट्र बैंकले शंकाको दृष्टिकोणले हेरेको छ ।’

थपिएको ४५ दिनपछि पनि फेरि समय थप्नका लागि पत्र बोकेर नआउन पनि राष्ट्र बैंकले ती दुई बैंकलाई आग्रह गरेको छ । ‘४५ दिनपछि पनि सकियो भनरे फेरि समय नमाग्नु होला,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘म्याद सकियो भन्दै समय मागि रहने हो भने त यो वर्षौदिन पनि यसरी नै चलिरहन्छ । तर, तपाईहरुले त्यस्तो नगर्नु होला ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कति समय थप मर्जरका लागि समय दिने भन्ने बारेमा राष्ट्र बैंक छलफलमा जुटेको छ । ‘समय नथप्ने कुरामा त कुनै शंका भएन तर, कति समयलाई समय थप्ने भन्ने बारेमा भने अझै निर्णय भइसकेको छैन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘थपिएको समयमा मर्जर हुने निश्चितता हुनु पर्यो भन्ने मात्रै हो ।’

राष्ट्र बैंकले हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मंसिर १९ भित्रमा मर्जरमा जानका लागि म्याद थपेको थियो । उक्त समयमा पनि दुई बैंक मर्जरमा जान नसकेपछि सो समयबाट थप ४५ दिनका लागि म्याद थप गरिदिन आग्रह गरेका थिए ।

नेपालका दुई ठूला हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । यी दुई ‘बिग’ बैंकबीच मर्जरमा जाने सम्झौता भएको पनि ७ महिना भएको छ । तर, यति लामो समयसम्म पनि यी दुई बैंकबीच मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैनन् ।

Read More
  • MBL - below news
  • EBL Ad news