स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाले पारित गर्‍यो १३.०६ %लाभांश


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाले पारित गर्‍यो १३.०६ %लाभांश

मंसिर २८, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ नेपाल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

नयाँबानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

सभाले बोनस शेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news