सहकारी बैंकमा तरलता सहज अवस्थामा, सिडि रेशियाे ७८ प्रतिशत मात्र


  • KBL News Ad
  • ADBL
  • City Express
सहकारी बैंकमा तरलता सहज अवस्थामा, सिडि रेशियाे ७८ प्रतिशत मात्र

राष्ट्रिय सहकारी बैंकले वाणिज्य बैंकहरुमा तरलता अभाव भइरहेको भए पनि आफु भने सहज अवस्थामा रहेको बताएको छ। सहकारी बैंक र नेपाल सहकारी समाजको संयोजनमा भएको सहकारीहरुको भ्रमणमा रहेका संचारकर्मीहरुसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सिसिडि रेशियोको आधारमा नियामकीय व्यवस्था अनुसार अझै ७ प्रतिशत सहज अवस्थामा रहेको बताए।

मंसिर २५ गतेको विवरण अनुसार बैंकको तरलता अवस्था १७.७३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.१६ प्रतिशत ( शेयर पूँजी तथा कोषको रकम बाहेक ) कायम रहेको बताएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सिडि रेसियो ९० प्रतिशतसम्म हुनुपर्छ तर नियामकीय व्यवस्था भन्दा झण्डै ११ प्रतिशत सहज अवस्थामा रहेको बैंकले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंकहरुमा तरलता अभावले सहकारीमा कर्जा लिन आउनेहरूको संख्या बढेको समेत बताए। बैंकमा करिब ५० अर्ब निक्षेप रहेको र ३९ अर्ब कर्जा लगानी रहेको जनाएको छ ।

Read More
  • EBL Ad news