मुक्तिनाथ विकास बैंकको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले मङ्सिर २५ गते शनिवार आर्थिक वर्ष ७७/७८ को साधारणसभा गरेको हो ।
साधारणसभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले आर्थिक बर्ष ७७/७८ को मुनाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ। लाभांश वितरणपछि मुक्तिनाथको चुक्तापुंजी ५ अर्ब ६५ करोड पुग्नेछ।








