काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजनामा २,००० सम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईनमार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै २,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।
जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम् २,००० सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम १,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम २,००० सम्म छुटको पाउनेछन् ।









