एनआईसी एसिया बैंकले बैंक स्थापनाको २४ औं बार्षिकोत्सवको अवसरमा आफ्ना बचतकर्तालाई २४ थरिका सुविधा दिएको छ। बैंकिंङ बजारमा रहेका बचतखाता भन्दा एक कदम अगाडी बढेर बैंकले आफ्ना बचतकर्तालाई 'सर्वश्रेष्ठ बचत खाता' नाम दिएर यी सुविधा थपेको हो।
बैंकले बचत खातामा दिएको सुविधामा बीमा सम्बन्धी ३, कर्जा सम्बन्धि ३ र अन्य १८ गरि २४ सुविधा दिएको छ। बचतका लागि बचत मात्रै नभई बचत गर्दै गर्दा बीमादेखि कर्जासम्मको सुविधा दिएर बैंकले आफ्ना ग्राहकप्रतिको जिम्मेवारी बहन गर्ने प्रयास गरेको बैंकले जनाएको छ।
बैंकले बचत खातालाई पनि विभिन्न तीन क्याटोगोरीमा छुट्याएर प्रत्येक क्याटोगोरीलाई तीन बर्गिकरण गरेको छ। बैंकले ग्राहकलाई सहज र सजिलो होस् भन्ने उदेश्यले बचत खातालाई तीनवटा क्याटोगोरी बनाएर सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ नारि बचत खाता र सर्वश्रेष्ठ जेष्ठ नागरिक खाता बनाएको छ।







