नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले आफ्नाग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।
यस च्याटबट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्नेमा एनआईबिएल एस क्यापिटल विश्वस्त रहेको छ ।








