राष्ट्र बैंकले रोक्यो हिमालयन बैंकको लाभांश


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंकले रोक्यो हिमालयन बैंकको लाभांश

काठमाडौँ — हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया पुरा नभएसम्म नगद लाभांश वितरण गर्न नपाउने भएको छ । यो वर्ष बैंकले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ नगद गरी २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो । स्वीकृतिका लागि उक्त प्रस्ताव राष्ट्र बैंक पठाएको थियो । वार्षिक साधारणसभाका लागि बैंकलाई अनुमति दिने क्रममा राष्ट्र बैंकले नगद लाभांश वितरणमा शर्त तोकिदिएको हो ।

राष्ट्र बैंकले सो बैंकलाई मर्जर प्रक्रिया पुरा भएपछि मात्रै नगद लाभांश वितरण गर्न भनेको छ । साधारणसभा गर्न राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ तर, बैंकले अझै साधारणसभाको मिति पनि तय गर्न सकेको छैन । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्रै वार्षिक साधारण सभा गर्नुपर्नेछ । यो प्रावधान अनुसार आगामी पुस भित्र हिमालयन बैंकले साधारणसभा सम्पन्न गरिसक्नु पर्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news