मुक्तिनाथ विकास बैंकद्वारा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकद्वारा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । 

सोही क्रमलाई निरन्तरता दिने क्रममा बैंकले हालसालै विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । 

बैंकले भुमहीनका लागि वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ‘फाइनान्सियल लिट्रेसी' कार्यक्रम सम्पन्न गरेको हो । यसैगरी, तानसेनमा रहेका विभिन्न कलेजहरूमा मास्क तथा स्याजिटाइजर जस्ता सामाग्रीहरू समेत बैंकले वितरण गरेको छ । 

यससँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको जनाएको छ । 

यसका साथै इलाका प्रहरी कार्यलयको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त बैंकले रु १० हजार बराबरको आर्थिक सहयोग गरेको छ । 

यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परी अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि बैंकले रु एक लाख सहयोग गरेको जानकारी दिएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad