काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार हुदैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।








