महिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं : महिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३६ सय ५८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको ४७.५०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि यसले आज बिहीबार मंसिर १६ गते बुक क्लोज गरेको छ । संस्थाले गत वर्षको नाफाबाट ४७.५% बोनस सेयर र कर प्रयोजनको लागि २.५% नगद लाभांश वितरण गर्दैछ ।

महिला लघुवित्तले मंसिर २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०.३० बजेबाट सुरु हुनेछ । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 

Read More
  • MBL - below news
  • EBL Ad news