महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसोर्ट, धुलिखेल ३, काभ्रेमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।








